काठमाडौं । वर्षाका कारण नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्द सत्र प्रभावित भएको छ । बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुङ्ग्याउँदै पारित गर्ने तयारी गरिए पनि अचानक आएको हावाहुरी र वर्षाका कारण बन्द सत्र प्रभावित भएको प्रवक्ता देवराज चालिसेले जानकारि दिनुभएको हो ।
बिहान साढे १० बजेदेखि सुरु गर्ने भनिएको बन्द सत्र खाजा समयपछि साढे ११ बजेदेखि सुरु गर्ने तयारी भइरहदा वर्षा बाधक बनेको छ । अचानक हावाहुरीसहितको ठूलो वर्षा भएसँगै खुलामञ्चमा महाधिवेशन प्रतिनिधिहरू पुग्न सकिरहेका छैनन । कांग्रेसले बन्द सत्र खुलामञ्चमा गरिरहेको छ । भृकुटीमण्डपमा खाना स्थल र राष्ट्रिय सभा गृहमा निर्वाचन समितिले निर्वाचनको कमसँगै भइरहेको छ । खुलामञ्चमा प्रवेश पाएका सबैलाई बन्द सत्रमा प्रवेश खुला गरिएको प्रवक्ता चालिसेले बताउनुभयो ।
बन्द सत्रको लाइभ नेपाली कांग्रेसको फेसबुक पेजबाट पनि प्रसारण गरिनेछ । विहिबार नेतृत्वसँगै पदाधिकारी र केन्द्रीय सदस्य छान्न मतदानको तालिका तय गरिएको छ ।

Leave a Reply