लियोनल मेसीको अन्तर्राष्ट्रिय फुटबलबाट भावुक बिदाइ !

काठमाडौं । अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनुभएको छ । अर्जेन्टिनाका समर्थकलाई वर्षौँसम्म दिएको साथका लागि धन्यवाद दिँदै मेसीले राष्ट्रिय टोलीबाट टाढा हुँदा आफूलाई ‘गहिरो पीडा’ हुने बताउनुभयो ।

३९ वर्षीय मेसीले बेनिनविरुद्धको खेलमा एक गोल र दुई असिस्ट गर्दै आफ्नो २०८औँ तथा अन्तिम अन्तर्राष्ट्रिय खेल पूरा गरेर अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिनुभएको हो । अर्जेन्टिनाले यो मैत्रीपूर्ण खेल ३—० ले जितेको छ । मेसीले अन्तराष्ट्रि फुलबल नखेल्ने भएपनि क्लब फुटबलमा भने इन्टर मियामी बाट खेललाई निरन्तरता दिनुहुनेछ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *