फेरि काठमाडौंसहित देशका विभिन्न स्थानमा झरि

काठमाडौं । काठमाडौं लगायत देशका विभिन्न भागमा फेरि पानी परेसँगै चिसो बढेको छ । झरिको समयमा पानीजन्य रोग, चिसोको समस्या र नदीतटिय क्षेत्रमा डुबान, बाढी, भिरालो जमिनमा पहिरोको जोखिम हुने भएकाले सबै सचेत अनि सुरक्षित रहनुहोला ।

यस्तो मौसममा बाढी, पहिरो र डुबानको जोखिम बढ्ने भएकाले सुरक्षित रहन मौसम विज्ञान विभागले समेत सबैलाई सचेत गराएको छ । राजमार्ग वा पहाडी सडकहरूमा यात्रा गर्दा पहिरोको जोखिम बुझेर मात्र यात्रा गर्नुहोला, नदी किनार र जोखिमयुक्त भिरालो जमिन आसपास बस्नेहरूले जलस्तर र मौसमको अपडेट लिएर सुरक्षित रहनुहोला ।

झरीको समयमा पानीजन्य रोगहरू फैलिने डर हुने भएकाले उमालेको पानी पिउने र ताजा खानेकुरा मात्रै खान चिकित्सकहरुले सुझाब दिएका छन् ।