बाढीमा परेर बेपत्ता भएका र मृतकका परिवारलाई रेडक्रसको १ लाख सहायता !

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले बाढीमा बेपत्ता र मृतकका परिवारलाई १ लाख सहायता दिने भएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल रेडक्रस सोसाइटीबीच ‘समुन्नति कार्यक्रम’ अन्तर्गत बाढी प्रभावित परिवारलाई नगद सहायता उपलब्ध गराउने सम्झौता भएको हो ।

मन्त्री सिता बादीको उपस्थितिमा मन्त्रालयका कार्यवाहक सचिव चक्रबहादुर बुढा र नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा रेडक्रसका महामन्त्री ऋषिरमण खनाल तथा रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) नेपाल प्रमुख डेभिड फिसरको समेत उपस्थिति हुनुहुन्थ्यो । सम्झौताअनुसार रसुवा–भोटेकोशी लगायत बाढी प्रभावित क्षेत्रका बेपत्ता र मृतकका परिवारलाई प्रतिपरिवार १ लाख रुपैयाँका दरले नगद सहायता उपलब्ध गराइनेछ।

बाढी प्रभावित परिवारको तत्कालीन तथा प्राथमिक आवश्यकता सम्बोधन गर्दै उनीहरूको जीवनयापन सहज बनाउन तथा पुनर्लाभ र पुनःस्थापनामा सघाउ पुर्‍याउने उद्देश्यले उयो सहयोग गर्न लागिएको रेडक्रसले जनाएको छ । दैविप्रकोपमा रेडक्रसले सहायताको काम गर्दैअएको छ ।