काठमाडौं। सभापतिका उम्मेदवार किशोर सिंह राठौर र श्यामकृष्ण खड्कीले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै गगन सर्वसम्मत सभापति चयन भएका हुन ।
विशेष परिस्थितिमा महाधिवेशन हुन लागेको, पार्टी संकटमा रहेको अवस्थामा सभापतिले सहयोग गर्नु पर्यो भनेका कारण पार्टीको बृहत्तर एकताका लागि उम्मेदवारी फिर्ता गरेको बताइएको छ । कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले कुनै पनि नेतालाई निर्विरोध निर्वाचित हुने गरी चुनावमा जान नहुने भन्दै सभापति गगनकुमार थापाको जतिसुकै लोकप्रियता भए पनि चुनाव लड्ने बताउँदै दुबै जनाको उम्मेदवारी परेको थियो ।
वरिष्ठ उपसभापति र महिला उपसभापति निर्विरोध, अरुमा कडा प्रतिस्पर्धा
वरिष्ठ उपसभापतिमा हालका उपसभापति विश्वप्रकाश शर्मा र उपसभापति (महिला)मा हालकी उपसभापति पुष्पा भुसाल एकल उम्मेदवारिसँगै सर्वसम्मत बनेका छन् । उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यमा कडा प्रतिस्पर्धा देखिएको छ ।
अब बहस सुरु भएको छ नेतृत्व परिवर्तनले मात्र कांग्रेस बदलिँदैन। संगठनात्मक सुधार, स्पष्ट नीति, आन्तरिक लोकतन्त्र, पुस्तान्तरण र जनतासँगको पुनः सम्बन्धमार्फत गगन—विश्वको नेतृत्वले कांग्रेसलाई कति रूपान्तरण गर्न सक्छ ? चासो सुरु भएको छ । १५औँ महाधिवेशन नेतृत्वसँगै वास्तविक रुपान्तरणको परीक्षा बन्नेछ ।

Leave a Reply